रुसमा शक्तिशाली भूकम्पसहित ज्वालामुखी विस्फोट, तटीय क्षेत्रमा सुनामीको चेतावनी

 भदौ २, २०८१ आइतबार ९:२१:३८ | एजेन्सी
unn.prixa.net

एजेन्सी

रुसमा सात म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट भएको छ । कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट झन्डै ९० किलोमिटर पूर्व समुद्री तटमा सात म्याग्निच्युडको भूकम्प गएको रुसी अधिकारीलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

पेट्रोपावलोव्स्क–कामचत्स्की तटीय शहर हो । त्यहाँ झन्डै एक लाख ८१ हजार जनसङ्ख्या छ । रुसी आपतकालिन मन्त्रालयले त्यो सहरमा सुनामीको चेतावनी जारी गरेको छ ।

भूकम्पबाट ठूलो क्षती नभएको तर विवरण सङ्कलन गर्ने काम भइरहेको समाचारसंस्था तासले जनाएको छ । ज्वालामुखीबाट निस्किएको खरानी समुद्री सतहबाट झन्डै आठ किलोमिटर माथिसम्म फैलिएको र त्यहाँबाट लावा पनि बाहिरिएको समाचारसंस्था सीएनएनले जनाएको छ । 

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया