थामे गाउँमा आएको बाढीको अध्ययन गर्न र प्रभावितको पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण

 भदौ २, २०८१ आइतबार १८:२७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सांसदहरूले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा आएको बाढीको अध्ययन गर्न र प्रभावितको पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजकाे बैठकमा सांसद कृष्णबहादुर रोकायाले थामेमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । थप ताल फुट्न सक्ने जोखिमका बारेमा सरकार संवेदनशील हुनुपर्ने उहाँको भनाइ छ ।

यस्तै सांसद जयन्ती राई र रुक्मिणी कोइरालाले हिमताल र बाढीको वास्तविक क्षतिको विवरण र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग माग गर्नुभएको छ ।

यस्तै सांसद गोपीबहादुर सार्की अछामीले भौगोलिक हिसाबले कमजोर हिमाली क्षेत्रमा मनसुनी वर्षा हुँदा अरू हिमताल पनि जोखिममा रहेकाले सरकारले अध्ययन गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया