दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा

 भदौ ३, २०८१ सोमबार १५:१६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ ।

दक्षिण अफ्रिकासँगको घरेलु शृङ्खलाका लागि क्रिकेट वेस्ट इन्डिजले रोभम्यान पावेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । यो टोलीमा अनुभवी अलराउन्डर आन्द्रे रसेल र जेसन होल्डर छैनन् । तर एलिक अथान्जे र म्याथ्यु फोर्डेको सहभागिताले वेस्ट इन्डिज टोली बलियो देखिएको छ ।

वेस्ट इन्डिजले पछिल्लो पाँच वटा द्विपक्षीय टी–२० शृङ्खलामध्ये चार वटा जितेको छ । तर घरेलु मैदानमा भएको टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग हारेपछि सेमिफाइनलमा पुग्न सकेको थिएन ।

वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको तीन खेलको टी–२० क्रिकेट शृङ्खला यही अगस्ट २४ तारिखदेखि शुरू हुनेछ । यसअघि भएको टेस्ट क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले जितेको थियो ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया