सोलुखुम्बुको थामेमा मोबाइल सेवा पुनः सञ्चालन

 भदौ ३, २०८१ सोमबार १५:९:१ | रासस
unn.prixa.net

फाइल फाेटाे

साेलुखुम्बु – सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीले अवरुद्ध मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ ।

नेपाल टेलिकमले आज विज्ञप्ति जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गएको साउन ३२ गते हिमताल फुटेर आएको बाढीले मोबाइल सेवा अवरुद्ध भएकोमा अहिले सञ्चालनमा आइसकेको जनाएको हो ।

बाढीले खुम्बु बिजुली कम्पनीमा समस्या आएकाले विद्युत् सेवा अवरुद्ध भएपछि ती क्षेत्रलगायत नाम्चे, खुमजुङ्ग, पानी ट्याङ्कीका (बिटीएस) टावरहरू बन्द भएको थियो । टेलिकमले बिटीएस टावरहरू सञ्चालन गरी अहिले टेलिफोन सेवा पुनःसञ्चालन गरिएको जनाएको छ ।

बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएको छ ।

अन्तिम अपडेट: भदौ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया