भक्तपुरका किसानले भ्यागुतालाई भात खुवाउँदै

 भदौ ३, २०८१ सोमबार १५:२३:३६ | रासस
unn.prixa.net

तस्बिर : विजय कुमारकाे फेसबुकबाट

भक्तपुर – भक्तपुरको कालदहमा किसानहरूले खेतमा भ्यागुतोलाई भात खुवाइरहेका छन् । किसानहरूले गोलाकार पारेर काटिएका मूलाका चाना सिन्काले घोचेर भातमा अड्याएका छन् । यस्तै छरिता रोटीसँगै विभिन्न तरकारी, क्वाँटीलगायत खानेकुरा ठूलो पातमाथि राखिएका छन् । रक्षाबन्धन धागो र सिन्दूर पनि त्यसमै राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालेर त्यसलाई किस्तीमाथि राखेर किसानहरू खेतमा पुग्ने गर्छन् ।

किसानहरू आफ्ना खेतमा पुगेर आलीमा टुक्रुक्क बसेर भ्यागुतालाई पाहुनाका रूपमा डाक्छन् र भ्यागुतालाई परिकार छाडिदिन्छन् । सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो त्यहीँ छाडिदिन्छन् । साङ्केतिक रूपमा सिन्दूर पहिर्‍याइदिन्छन् । अनि किसानले ऐनाका रूपमा भातमा गाडिएका मूलाका चाना देखाइदिन्छन् । किसान आफू हिँडेपछि भ्यागुता आएर खाने विश्वासमा परिकारका भाग त्यहीँ छाडिदिन्छन् ।

प्रकृतिपूजक किसान भ्यागुताले बालीनाली सपारिदिने विश्वास रहेको संस्कृतिकर्मी कला जोशी बताउनुहुन्छ । त्यही गुन तिर्न वर्षको एक दिन उनीहरूलाई भोज खुवाउने परम्परा सदियौँदेखि रहँदै आएको उहाँ बताउनुहुन्छ ।

प्रत्येक वर्ष गाईजात्राको अघिल्लो दिन भ्यागुतालाई भोज खुवाउने परम्परा छ । यसलाई स्थानीय किसान ‘ब्यां चा जानका वानेगू’ भन्छन् । नेपाल भाषामा ‘ब्या’ को अर्थ भ्यागुतो र ‘जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ ।

अन्तिम अपडेट: भदौ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया