एक महिनामै उप्कियाे नेपालगञ्ज रङ्गशालाकाे 'सेन्थेटिक ट्र्याक'

 भदौ ३, २०८१ सोमबार १८:२८:२१ | रासस
unn.prixa.net

बाँके – बाँकेको नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ एक महिनामै उप्किएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालगञ्ज रङ्गशालामा ‘सेन्थेटिक ट्र्याक’ निर्माण गर्न ठेकेदार कम्पनी पञ्चकन्या साइनकोट्स जेभी ललितपुरलाई ठेक्का दिएको थियो । निरन्तरको वर्षासँगै ‘सेन्थेटिक ट्र्याक’ उप्किएपछि स्थानीयवासीले गुणस्तरमाथि प्रश्न उठाएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले उप्किएको ‘सेन्थेटिक ट्र्याक’ को गुणस्तरबारे छानबिन गर्नुपर्ने माग गर्नुभयो । ठेकेदार कम्पनीले यो ट्र्याक राखेपलाई हस्तान्तरण गर्न बाँकी छ ।

राखेपले सन् २०२३ मार्च २३ मा यो ‘सेन्थेटिक ट्र्याक’ निर्माण गर्न नौ करोड ८६ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने थियो तर उसले गएको असार मसान्तमा मात्र काम सम्पन्न गरेको हो ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया