काेराेना महामारीका बेला झन्डै २९ करोड रुपैयाँ लगानीमा बनेको 'होल्डिङ सेन्टर' जीर्ण बन्दै

 भदौ ३, २०८१ सोमबार १८:२९:३४ | रासस
unn.prixa.net

कैलाली – कैलालीमा झन्डै २९ करोड रुपैयाँ लगानीमा बनेको 'होल्डिङ सेन्टर' जीर्ण बन्दै गएको छ । कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको हो ।

दुई वर्ष अगाडि धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । २०७८ सालको वैशाखमा २८ करोड ८१ लाख रुपैयाँ लागतमा निर्माण शुरू भएको होल्डिङ सेन्टर २०७९ सालको साउनमा सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोगविहीन बनेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।

होल्डिङ सेन्टरको स्वामित्व सङ्घ, प्रदेश वा पालिका कसले लिने भन्ने अहिलेसम्म केही निर्णय भएको छैन । रक्षा मन्त्रालयको पहलमा स्वामित्व कसले लिने र सञ्चालन गर्ने भनेर समिति गठन भए पनि निर्णय भएको छैन  ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया