कपिलवस्तु, चितवन, प्यूठानलगायतका जिल्लामा ठूलो वर्षा

 भदौ ४, २०८१ मंगलबार १२:२४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कपिलवस्तु, चितवन, नवलपरासी, पाल्पा, रुपन्देही, प्यूठानलगायतका जिल्लामा ठूलो वर्षा भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकाकाे कोइली खोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

जलसतह बढ्दो क्रममा रहेकाले कोइली वाणगंगा खोलाको तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा आज बेलुका ४ बजेसम्म सतर्कता अपनाउन भनिएको छ । यस्तै प्यूठानको हंसपुरलगायत आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा ठूलो पानी परेको छ । माडी नदीमा आकस्मिक बाढीको जोखिम छ ।

यस्तै पाल्पाको कुमालगाउँ, अर्चले, जल्पा र आसपासका क्षेत्रमा पनि निरन्तर पानी परेको छ । कालीगण्डकी नदी र अन्य साना खोला तटीय क्षेत्रमा बेलुका ५ बजेसम्म सतर्कता अपनाउन बाढी सूचना महाशाखाले अनुरोध गरेको छ ।

आज वाणगंगा, तिनाउ र कालीगण्डकी नदीमा बहाव थप बढ्न सक्ने जोखिम छ । यसले नदी तथा खोलाको तटीय क्षेत्रमा जोखिम बढाएको छ । त्यस्तै चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाको आसपासका क्षेत्र भएर बग्ने नदी तथा खोलामा बहाव बढ्न सक्ने र कतै कतै आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

देशका धेरैजसो ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायु सक्रिय भएकाले अझै दुई दिन देशैभर झरी पर्ने सम्भावना कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया