चीनले फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्...
मंसिर ७, २०८१ शुक्रबार
भारतको राजधानी नयाँ दिल्लीमा रहेका विभिन्न सपिङ मलमा बम आक्रमणको चेतावनीपछि सुरक्षा सतर्कता बढाइएको छ । दिल्ली प्रहरीका अनुसार चाणक्य मल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको थियो ।
सूचना प्राप्त हुने बित्तिकै मलका अधिकारीहरूले दिल्ली प्रहरीलाई जानकारी गराएपछि सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विभिन्न मलहरुमा बम डिस्पोजल टोली र दमकल पुगेको छ । तर अहिलेसम्म बम फेला नपरेको दिल्ली प्रहरीले जनाएको छ ।
धम्की पत्र, प्रहरीमा आएको जानकारीलगायतलाई आधार बनाएर घटनाबारे अनुसन्धान भइरहेको छ । यसअघि गुरुग्रामको एम्बियन्स मलमा गएको अगस्ट १७ तारिखमा पनि बम आक्रमणको धम्की आएको थियो । तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि पोष्ट वा इमेलमार्फत भ्रामक बम धम्की वा गलत जानकारी दिएको पाइएमा दोषी पत्ता लगाएर कानुनी कारबाही गरिने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।