पाकिस्तानको संसद् भवनमा मुसाका कारण समस्या

 भदौ ५, २०८१ बुधबार १२:५१:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानको संसद् भवनमा मुसाले महत्त्वपूर्ण कागजात नष्ट गरेपछि समस्या हुन थालेको छ । संसद्मा मुसाको सङ्ख्या बढेसँगै सिनेट र राष्ट्रिय सभाका विभागहरूमा रहेका धेरै महत्त्वपूर्ण र गोप्य फाइलहरू नष्ट गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

मुसाले तार काटेर कम्प्युटरमा समेत क्षति पुर्‍याइरहेका छन् । मुसाले समस्या पार्न थालेपछि बिरालो किन्न सरकारले १२ लाख पाकिस्तानी रुपैयाँको बजेटसमेत विनियोजन गरेको छ । मुसा निर्मूल गर्न निजी विज्ञको सहयोग लिने योजना पनि रहेको बताइएको छ ।

पाकिस्तानको संसद्ले यति बेला मुसाका कारण ठूलो समस्याको सामना गरिरहेको राष्ट्रिय सभाका प्रवक्ता जफर सुल्तानलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । सिनेटमा प्रतिपक्षी दलको नेताको कार्यालयसँगै धेरै राजनीतिक दल र स्थायी समितिको बैठक पनि बस्ने गरेकामा सबैलाई समस्या भएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया