साढे ६ घण्टापछि खुल्याे नागढुङ्गा–नौबिसे सडक खण्ड

 भदौ ५, २०८१ बुधबार १७:३५:३४ | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका–२ काे नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी गाडी आवागमन खुलाइएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार अहिले बेलुकी ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाण्डाै आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका गाडीलाई भित्र्याउन शुरू भएको छ । गाडीको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने प्रहरीद्ये जनाएकाे छ ।

पानी परिरहँदा पहिरो पन्छाउने र खस्ने क्रम चलिरहेकाले आज बिहान साढे १० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण नागढुङ्गा–नौबिसे खण्ड प्रभावित भएको थियो ।

प्रहरी वृत्त थानकोटका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताउनुभयो । तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

नागढुङ्गा चोकबाट केही सय मिटर पर नाग मन्दिर नजिकै पहिरो खसेको हो । नागढुङ्गा प्रहरीले काठमाण्डाैबाट जाने गाडी नागढुङ्गामै रोकेर फर्काइरहेको छ भने आउने गाडी ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन् । काठमाण्डाै छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन् ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया