२० वर्षमुनिको साफ च्याम्पियनशिपमा आज नेपाल र बङ्गलादेश खेल्दै

 भदौ ६, २०८१ बिहीबार ७:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा आज समूह ‘ए’ का नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपाल र बङ्गलादेश दुवै टोली सेमिफाइनलमा पुगिसकेका छन् ।

आजको खेलबाट यो समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । यो समूहको श्रीलङ्का पहिलो खेलमा नेपालसँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित हुँदै बाहिरिइसकेको छ । यसअघि हिजो भएको खेलमा भुटानले माल्दिभ्सलाई हराएसँगै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । भुटान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

अब भोलि हुने भारत र माल्दिभ्सबीचको खेलबाट समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया