विश्वकप लिग दुईमा नेदरल्याण्ड्ससँग अमेरिका पराजित

 भदौ ६, २०८१ बिहीबार ९:४३:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्वकप लिग दुइ श्रृङ्खलामा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको छ । नेदरल्यान्ड्समा भएको श्रृङ्खलामा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक श्रृङ्खलाको छैटौँ खेलमा घरेलु टोलीले अमेरिकालाई  २७ रनले पराजित गरेको हो ।

नेदरल्यान्ड्सले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४५ ओभर ५ बलमा अल आउट हुँदै १ सय ७९ रन मात्र बनायो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ४९ दशमलव १ ओभरमा २ सय ६ रन जोड्दै अल आउट भएको थियो ।

 यो खेलसँगै लिग दुईको चौथो राउन्ड सकिएको छ । यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले चारै खेल गुमाएको छ । अमेरिका २ मा जित तथा २ खेलमा पराजित भयो । ८ टोली सहभागी लिग दुईको अङ्क तालिकामा नेदरल्यान्ड्स १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।

पराजित अमेरिका ४ अङ्कका साथ पाँचौँ स्थानमा छ । दुई अङ्कका साथ नेपाल सातौँ स्थानमा छ । लिग दुईको शीर्ष चार टोलीले सन् २०२७ मा हुने एक दिवसीय क्रिकेट विश्वकप छनोटमा स्थान बनाउने छन् ।

अन्तिम अपडेट: भदौ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया