कैलालीको भजनीमा बाढीका कारण जनजीवन प्रभावित

 भदौ ६, २०८१ बिहीबार १२:३२:७ | रासस
unn.prixa.net

तस्बिर : रासस

कैलाली – निरन्तरको वर्षाका कारण कैलालीको भजनी नगरपालिकाका धेरै क्षेत्र डुबानमा परेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित  भएका छन् । हिजोदेखिको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो ।

पूर्णरूपमा डुबानमा परेकाहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको स्थानीयवासी खेमराज पाण्डेले जानकारी दिनुभयो । नगरपालिकाको वडा नम्बर ८ धेरै प्रभावित भएको छ । यो वडाका स्थानीयवासीलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ ।

घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको स्थानीयवासीले बताएका छन् । वडा नम्बर ५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भएको छ । यस वडाको लालभोझी क्षेत्रमा सयौं परिवार विस्थापित भएका नगरप्रमुख केवल चौधरीले बताउनुभयो । वडा नम्बर ३ मा पनि बाढीबाट जनजीवन प्रभावित भएको छ ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया