राष्ट्रिय भलिबल खेलाडी सुमित्रा रेग्मी गृहजिल्लामा सम्मानित

 भदौ ६, २०८१ बिहीबार १५:४२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

सङ्खुवासभा – राष्ट्रिय भलिबल खेलाडी सुमित्रा रेग्मी गृहजिल्ला सङ्खुवासभामा सम्मानित भएकी छन् ।

रेग्मीलाई चैनपुर नगरपालिकाले ६५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले आफ्नो नगरभित्रका राष्ट्रिय भलिबल खेलाडी रेग्मीको हौसला बढाउन सम्मान गरिएको बताउनुभयो । उनलाई पञ्चेबाजासहित नगरसमेत परिक्रममा गराइएको थियो ।

नेपाली महिला भलिबल टोलीमा सहभागी भएर सङ्खुवासभा र चैनपुर नगरपालिकामात्र नभई देशको गौरव बढाएको भन्दै रेग्मीलाई पुरस्कार र सम्मान प्रदान गरिएको मेयर तामाङको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया