२० वर्षमुनिको साफ च्याम्पियनशिपमा आज भारत र माल्दिभ्स खेल्दै

 भदौ ७, २०८१ शुक्रबार ९:४३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा समूह चरणको अन्तिम खेलमा आज समूह ‘बी’ का भारत र माल्दिभ्स खेल्दैछन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे यो खेल हुँदैछ ।

यो खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । यो समूहको अर्काे टोली भुटानले पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेको छ । सेमिफाइनलमा एउटा समूहको विजेताले अर्काे समूहको उपविजेतासँग खेल्नेछ ।

यसअघि हिजोको खेलमा बङ्गलादेशलाई हराउँदै नेपाल समूह ‘ए’ को विजेता बनेको छ । नेपाल र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । यो समूहको श्रीलङ्का भने लगातार दुई खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिइसकेको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया