धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – तनहुँको आँबुखैरेनी नजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । आबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
यूपी ५३ एफटी ७६२३ नम्बरकाे बस पोखराबाट काठमाण्डौका लागि छुटेको प्रहरीको भनाइ छ । बसमा ४० जना यात्रु रहेको प्रारम्भिक विवरण छ । अहिले आँबुखैरेनीमा रहेको प्रहरी टोलीसहित स्थानीय बासिन्दाले उद्धारको काम गरिरहेका छन् । बस नदी किनारमा रहेकाे छ । बसमा भारतीय पर्यटक रहेकाे खुलेकाे छ ।
घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पर्छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।