मुस्ताङमा उत्पादित स्याउ टिप्न समय ताेकियो

 भदौ ७, २०८१ शुक्रबार १२:४९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी  – हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादित स्याउ टिप्नका लागि समय तोकिएको छ । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा हिजो भएको सरोकारवाला निकायको बैठकले स्याउ टिप्ने समय निर्धारण गरेको हो ।

बैठकले मुस्ताङमा फलेको गाला प्रजातिको स्याउ (अघौटे छिटो पाक्ने) भएकाले यही भदौ १० गतेपछि टिप्न अनुमति दिने निर्णय गरेको छ । यसैगरी किङ रोट रेड डेलिसियस प्रजातिको स्याउ पनि छिटै पाक्ने भएकाले भदौ १५ गतेपछि टिप्ने निर्णय भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस, फुजीलगायत स्याउहरू भने आउँदाे असोज १ गतेपछि मात्रै टिप्ने निर्णय भएको छ । मुस्ताङमा उत्पादित स्याउ उपयुक्त समयमा टिपेमा स्याउको स्वाद र गुणस्तर राम्रो हुने मानिन्छ ।

समय पुगेको स्याउबाट किसानले समेत राम्रो मूल्य पाउने कृषि ज्ञान केन्द्र प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो । उहाँका अनुसार समयभन्दा अघि नै स्याउ टिपेर बजार लैजाने प्रचलनले स्याउको गुणस्तर घट्ने भएकाले समय तोकिएको हो ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया