बङ्गलादेशको अन्तरिम सरकारद्वारा पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज

 भदौ ७, २०८१ शुक्रबार १५:१४:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी खारेज गरेको छ ।

बङ्गलादेशको गृह मन्त्रालयले एक अधिसूचना जारी गर्दै पूर्वप्रधानमन्त्री शेख हसिना, उहाँका सल्लाहकारहरू, पूर्वमन्त्रिपरिषद्का सदस्यहरू र विघटित राष्ट्रिय संसद्का सबै सदस्यहरूलाई आफ्नो कूटनीतिक राहदानी बुझाउन निर्देशन दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एफीएफले जनाएको छ । मन्त्रालयले उनीहरूको परिवारका सदस्यहरूलाई पनि अधिसूचना जारी गरेको छ ।

यसले हसिनालाई शरण दिइरहेको क्षेत्रीय शक्तिराष्ट्र भारतका लागि पनि कूटनीतिक दुविधा सिर्जना गरेको खबरमा उल्लेख छ । भारतले हसिनालाई शरण दिए पनि प्रधानमन्त्री मोदीले बङ्गलादेशको अन्तरिम सरकारका प्रधानमन्त्री मोहम्मद युनुसलाई पनि समर्थन गर्नुभएको छ ।

कूटनीतिक राहदानी धेरै देशहरूमा भिसारहित प्रवेश वा भिसा अनअराइभल जस्ता विशेषाधिकारहरूसँग आउँछन् । यो राहदानी बोक्नेहरूले अन्तर्राष्ट्रिय यात्राहरूमा सहजै पहुँच पाउँछन् ।

सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षण दुरुपयोग गरिएको भन्दै यसको विरोधमा शुरू भएको विद्यार्थी आन्दोलन चर्किएसँगै पूर्वप्रधानमन्त्री हसिना आफ्ना अति निकटस्थ सदस्यसहित हेलिकप्टरमार्फत भारतमा शरण लिन पुग्नुभएको थियो । उहाँको १५ वर्ष लामो शासनको अन्त्यमा भएको आन्दोलनका क्रममा चार सय ५० जनाभन्दा बढीको ज्यान गएको थियो ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया