भारत समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा, नेपालले फाइनलमा पुग्न भुटानसँग खेल्ने

 भदौ ७, २०८१ शुक्रबार १७:३८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माल्दिभ्सलाई हराउँदै भारत २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

ललितपुरको सातदोबाटमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले हरायो । भारतका लागि इन्ज्युरी समयमा किप्गेनले गोल गरे । माल्दिभ्स भने दुवैमा खेलमा पराजित हुँदै बाहिरिएको छ । यो समूहबाट भुटान उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।

योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् । अब सेमिफाइनलमा नेपालले भुटानसँग र भारतले बङ्गलादेशसँग खेल्नेछन् ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया