एनएसजेएफ स्पोर्ट्स अवार्डको 'पिपुल्स च्वाइस' मनोनयन सार्वजनिक

 भदौ ७, २०८१ शुक्रबार १८:२२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्ड २०८० को पिपुल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।

एनएसजेएफको खेलाडी छनोट समितिले आज पत्रकार सम्मेलन गर्दै यही भदौ २८ गते हुने अवार्डका लागि कबड्डीकी मानमती विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ, क्रिकेटका गुल्सन झा र फुटबलकी प्रीति राई पिपुल्स च्वाइसको मनोनयनमा परेका हुन् । खेल क्षेत्रमा पाएको सफलता र लोकप्रियताका आधारमा यस विधामा खेलाडीलाई मनोनयन गर्ने गरिन्छ ।

कबड्डीकी मानमतीले १९औं एशियाली खेलकुदमा नेपाललाई कास्य पदक दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । यस्तै गएको महिना सम्पन्न काभा महिला भलिबलमा उपविजेता र सन् २०२३ को संस्करणमा नेपालले तेस्रो स्थान प्राप्त गर्दा कविता टोलीकी सदस्य हुन् । रग्वीका श्रीराम १९औं हाङझाउ एशियाली खेलकुदमा टिमका मुख्य खेलाडी हुन् । यसैगरी नेपाललाई पहिलो पटक एशिया कपमा पुर्‍याउँदा गुल्सनले यूएईसँगको खेलमा अविजित ६७ रन बनाउनुका साथै एक विकेट लिएका थिए । यस्तै १६ वर्षकै उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी प्रीतिले साउदी अरेबियामा सम्पन्न ८औं वाफ महिला च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर गरी नौ वटा विधामा अवार्ड प्रदान गरिँदैछ ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया