कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
अमेरिकी उपराष्ट्रपति कमल ह्यारिसले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीको मनोनयन औपचारिक रूपमा स्वीकार गर्नुभएको छ । मनोनयन स्वीकार गर्दै उपराष्ट्रपति ह्यारिसले सबै अमेरिकीको नेतृत्व गर्ने र अवसरमुखी अर्थतन्त्र सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।
शिकागोमा आयोजित डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा उहाँले देशसामु विगतको कटुता, निन्दा र विभाजन त्यागेर अघि बढ्ने अवसर आएको बताउनुभयो । उपराष्ट्रपति ह्यारिसले आफू राष्ट्रपति बनेमा स्वतन्त्र र निष्पक्ष चुनावको सुनिश्चित गर्ने, कानूनी राज्य स्थापना गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।
सम्बोधनकै क्रममा ह्यारिसले गाजामा युद्धविराम गर्न पनि आह्वान गर्नुभएको छ । यस्तै उहाँले राष्ट्रपति पदका अर्का उम्मेदवार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पको आलोचना गर्नुभएको छ ।
ह्यारिस अमेरिकाको प्रमुख पार्टीको राष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो अश्वेत र एशियाली–अमेरिकी महिला बन्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।