पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आयात - निर्यात घटेको छ भने व्यापार घाटा बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनमा आयात सामान्य घटे पनि निर्यात उच्चदरले घट्दा व्यापार घाटा बढ्न गएको हो ।
साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु आयात र १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको साउनमा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको आयात र १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँको निर्यात भएको थियो ।
विभागको तथ्याङ्कअनुसार एक महिनामा कुल व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख ७४ हजार रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा साउन महिनाको व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ बराबरको थियो ।
साउनमा १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । अघिल्लो वर्ष साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।