मुस्ताङको जोमसोम खेलमैदान २५ वर्षपछि स्तरोन्नति

 भदौ ८, २०८१ शनिबार १०:३३:४९ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

म्याग्दी – मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड फुटबल सञ्चालन गर्न सकिने पूर्वाधार तयार पारिएको हो ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बिनियोजन गरेको १६ लाख बजेटबाट ६० मिटर लम्बाई र ५० मिटर चौडाई भएको खेलमैदान र पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष निकेश शेरचनले बताउनुभयो ।

२०५५ सालमा निर्माण भएको खेलमैदान स्तरोन्नति नहुँदा खेलकुद गतिविधि सञ्चालन गर्न समस्या भएको थियो । एक सय १५ मिटर लामो र ७० मिटर चौडाई भएको खेलमैदानको सेभेन ए साइडको मापदण्डअनुसारको भागमा माटो र बालुवा मिसाएर निर्माण गरिएको छ ।

डिलतर्फ तारजाली, खेलमैदानको वरपर नाली र प्रवेशद्वार निर्माण गरिएको अध्यक्ष शेरचनले बताउनुभयो । जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा रहेको उक्त खेलमैदान स्तरोन्नति भएपछि विद्यालय, क्लव र विभिन्न सङ्घ संस्थाले खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया