भारतीय क्रिकेटर शिखर धवनद्वारा सन्न्यास घोषणा

 भदौ ८, २०८१ शनिबार १३:८:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतीय क्रिकेटर शिखर धवनले घरेलुसहित अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धवनले आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा भारतका लागि लामो समय खेलेको भन्दै खुशीसाथ छाड्न लागेको उल्लेख गरेका छन् ।

धवनले अन्तिम पटक सन् २०२२ मा भारतको लागि एक दिवसीय खेल खेलेका थिए । शुभमन गिल र अरु युवा खेलाडीले राम्रो प्रदर्शन गर्न थालेपछि धवन टिममा पर्न छाडेका थिए । उनले ३४ वटा टेस्ट र एक सय ६७  वटा एक दिवसीय र ६८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका छन् ।

एक दिवसीयमा ६ हजार सात सय ९३ रन र टेस्ट प्रतियोगिताको ५८ पारिमा दुई हजार तीन सय १५ रन बनाएका धवनले टेस्ट डेब्युमा सबैभन्दा कम बलमा शतक बनाउँने कीर्तिमान समेत राखेका छन् । उनले मोहालीमा अस्ट्रेलियाविरुद्धको खेलमा डेब्यु गर्दै ८५ बलमा शतक बनाएका थिए । उनी एक दिवसीय क्रिकेटमा पाँच हजार भन्दा बढी रन बनाउने आठ जना ब्याटर मध्ये एक हुन् ।  
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया