न्यूजिल्याण्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटकाे पहिलो दिन पाकिस्तानकाे राम्रो प्रदर्शन

 मंसिर ८, २०७५ शनिबार २०:३९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

न्यूजिल्याण्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिलो दिन राम्रो प्रदर्शन गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले पहिलो दिनको खेल सकिँदा ४ विकेट गुमाएर २०७ रन बनाएको छ । पाकिस्तानका हरिस सोहेल ८१ तथा बाबर आजम १४ रन बनाएर क्रिजमा रहेका छन् । उनीहरुले आइतबार दोस्रो दिनको खेल सुरु गर्नेछन् ।

पाकिस्तानका लागि पहिलो दिन अजर अलि ८१ रनमा रन आउट भएका थिए भने असिद सफिक १४ रनमा आउट भए । यसैगरी ओपनर ब्याट्सम्यानहरु इमामुल हक र मोहम्मद हफिज ९–९ रनमा पेभेलियन फर्किए ।

न्यूजिल्याण्डका काेलिन ग्राण्डहोमले २ तथा एजाज पटेलले १ विकेट हात पारेका छन् । पहिलो टेस्टमा पाकिस्तानमाथि ४ रनको रोमाञ्चक जित हात पारेको न्यूजिल्याण्ड यो टेस्टमा पनि विजयी भए श्रृंखला जित्ने छ ।
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया