अन्तरिक्षमा फसेका दुई जना यात्री आउँदो फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने

 भदौ ९, २०८१ आइतबार ७:३:४५ | एजेन्सी
unn.prixa.net

एजेन्सी

दुई महिनाभन्दा लामो समयदेखि अन्तरिक्षमा फसेका नासाका दुई जना अन्तरिक्ष यात्री आउँदो वर्षको फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने भएका छन् । नासा र विश्वकै धनि व्यक्ति एलन मस्कको कम्पनी स्पेशएक्सले गएराति पत्रकार सम्मेलन गरेर अन्तरिक्ष यात्री सुनिता विलियम्स र बेरी विल्मोर अब फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने जनाएको छ ।

नासाले बोइङ कम्पनीको स्टारलाइनर यानमार्फत सुनिता र बेरीलाई गएको जुन ५ तारिखमा अन्तरिक्षमा पठाएको थियो, उनीहरुलाई त्यही यानमार्फत आठ दिनमै पृथ्वीमा फर्काउने योजना भए पनि उपकरणमा खराबी आएपछि उतै रोकिएका छन् । अझै उनीहरु अझै ६ महिना अन्तरीक्षमै बस्नुपर्ने भएको छ । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले आफ्ना अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा लैजान र ल्याउनको लागि बोइङ र स्पेसएक्स कम्पनीलाई अर्बौं डलरको ठेक्का दिएको छ ।

त्यही ठेक्काअन्तर्गत सुनिता र बेरीलाई बोइङले अन्तरिक्षमा पठाएकोमा यानमा खराबी आएकाले उनीहरु उतै रोकिएका हुन् । उनीहरु अहिले नासाकै अन्तरीक्ष यानमा अरू वैज्ञानिकसँग बसिरहेका र पृथ्वीबाट खाना र अन्य सामग्री पठाइएको नासाले जनाएको छ । यसमा रुसी अन्तरिक्ष एजेन्सीले पनि सहयोग गरिरहेको छ ।

स्पेसएक्सले अहिलेसम्म नासाका लागि नौ वटा चालक दलका उडान अन्तरिक्षमा पठाएको छ, साथै केही व्यावसायिक मिशन पनि पठाएको छ । तर बोइङको चालक दलको मिशन भने पहिलो प्रयास थियो । पहिलो प्रयासमै बोइङको यानमा समस्या आएको हो । 

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया