दशगजा क्षेत्र झापाको घेराबारीमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयबासिन्दाले रोके

 भदौ ९, २०८१ आइतबार १२:९:३१ | रासस
unn.prixa.net

फाइल फाेटाे

झापा – नेपाल–भारत सीमाको दशगजा क्षेत्र झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयबासीन्दाले रोकेका छन् । गएरातिदेखि भारतीय नागरिकले बाटो खन्दै गरेको अवस्थामा उनीहरुलाई काममा अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतीय नागरिकले रातमा बाटो खन्ने गरेको भेटिएको छ । एक सय ५० मिटर बाटो खनिसकेको अवस्था रहेको उहाँले बताउनुभयो । खनिएको बाटो पुर्ने प्रयास गरे पनि भारतीय नागरिकले नदिएको उहाँको भनाइ छ ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताउनुभएको छ । उहाँका अनुसार विवाद बढेपछि काम बन्द गरेर छलफल थालिएको छ । 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया