नेपालगञ्जका चोकचोकमा जुम्लाका स्याउ

 भदौ ९, २०८१ आइतबार १५:१२:३२ | रासस
unn.prixa.net

बाँके – जुम्लामा उत्पादन भएको स्याउ बाँकेकाे नेपालगञ्जका चोक तथा सबैजसो फलफूल पसलमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगञ्जका पसलमा बिक्री भइरहेका हुन् ।

प्रतिकिलो एक सय ६० रुपैयाँमा बिक्री भएको जुम्लाको स्याउ उपभोक्ताको अत्यधिक रोजाइमा परेको व्यापारीहरू बताउँछन् । कोहलपुर नगरपालिका वडा नम्बर १२ की शर्मिला कार्कीले प्रतिकिलो २० रुपैयाँ नाफा राखेर बिक्री गरेको र स्याउ ताजा, रसिलो र स्वादिष्ट रहेकोले छिटो बिक्री भइरहेको बताउनुभयो ।

नेपालगञ्जमा प्रायजसो भारतको सिमलालगायत क्षेत्रबाट ल्याएर स्याउ बिक्री गरिन्छ । हेर्दा जुम्लाको भन्दा भारतको स्याउ आकर्षक भए पनि जुम्लाकै स्वादिलो भएको उपभोक्ताको भनाइ छ ।

थोक व्यापारीहरूले जुम्लाबाट हरेक दिन चार ट्रक स्याउ नेपालगञ्ज पुर्‍याउने गरेका छन् । कर्णाली प्रदेशको जुम्लाबाहेक हुम्ला, कालीकोट, डोल्पा र मुगुबाट पनि नेपालगञ्जमा स्याउ बिक्रीका लागि ल्याउने गरिएको व्यापारीहरू बताउँछन् ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया