भारतको महाराष्ट्रमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनलाई अत्यधिक...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – टेस्ट क्रिकेटमा बङ्गलादेशले पाकिस्तानमाथि ऐतिहासिक जीत हात पारेको छ । टेस्ट क्रिकेटमा बङ्गलादेशले पाकिस्तानलाई पहिलो पटक हराएको हो ।
पाकिस्तानले दिएको ३० रनको लक्ष्य बङ्गलादेशले आज पाँचौं दिनको चिया समयअघि एक विकेट पनि नगुमाई भेटायो । बङ्गलादेशका जकिर हसन १५ र शद्मान इस्लामले ९ रन बनाए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले पहिलो पारीमा मोहम्मद रिजवान र सउद शकीलले शतक तथा सैम अयुबको अर्धशतकको मद्दतमा ६ विकेट गुमाएर ४ सय ४८ रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा बङ्गलादेशका शोरिफुल इस्लाम र हसन महमुदले समान २ विकेट लिए ।
बङ्गलादेशले पहिलो पारीमा मुश्फिकर रहमानको शतक तथा शद्मान इस्लाम, मोमिनुल हक, लिटन दास र मेहदी हसन मिराजको अर्धशतकको मद्दतमा ५ सय ६५ रन बनाएको थियो । पहिलो पारीमा पाकिस्तानका नसीम शाहले ३ तथा शाहीन बाह अफ्रिदी, खुर्रम शहजाद र मोहम्मद अलीले समान २ विकेट लिए ।
यस्तै पाकिस्तान दोस्रो पारीमा १ सय ४६ रनमै अल आउट भएको थियो । पाकिस्तानका मोहम्मद रिजवानले सबैभन्दा धेरै ५१ रन बनाए । दोस्रो पारीमा बङ्गलादेशका मेहदी हसन मिराजले ४ तथा शकिब अल हसनले ३ विकेट लिए ।
पाकिस्तान र बङ्गलादेशको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आउँदो अगस्ट ३० देखि रावलपिन्डीमा शुरू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।