अन्तिम समयको गोलले बार्सिलोना हारबाट जोगियो

 मंसिर ९, २०७५ आइतबार ७:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस लिग ला लिगा अन्तर्गत शीर्ष दुई स्थानमा रहेका बार्सिलोना र एट्लेटिको मड्रिडले एक एक गोलको बराबरी खेल्दै अंकबाँडेका छन् ।

शनिबार राति एट्लेटिकोको घरेलु मैदान स्टाडियो वाण्डा मेट्रोपोलिटानोमा भएको खेलमा ओस्मान डेम्बेलेले गरेको अन्तिम समयको गोलले बार्सिलोनाले हार टार्न सफल भयो । खेलको अन्तिम मिनेटमा लियोनल मेस्सीको पासमा डेम्बेलेले बराबरी गोल गरेका थिए ।

यसअघि पहिलो हाफ गोलरहित बराबरी भए पनि खेलको ७७औं मिनेटमा डिएगो कोष्टाको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो । 

६७ हजार घरेलु समर्थकमाझ एट्लेटिकोले अग्रता जोगाउन सकेन र अंक बाँड्यो । बराबरीपछि बार्सिलोना र एट्लेटिको मड्रिड समान १३ खेलबाट २५ र २४ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । 

बुधबार राति नै भएका अन्य खेलमा भ्यालेन्सियाले रायो भालेकानोलाई ३–० गोलले हराउँदा उसका स्ट्राइकर स्यान्टी मिनाले २ गोल गरेका थिए । 

त्यस्तै हुस्का र लेभान्टेले दुई दुई गोलको बराबरी खेल्दा हिजो साँझ भएको खेलमा महारथी टोली रियल मड्रिड एइबारसँग ३–० गोलले हारेको थियो । रियलले एइबारसँग इतिहासमै पहिलो पटक हार ब्यहोरेको हो भने तीन गोल खाएको पनि पहिलो पटक नै हो ।


 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया