ताप्लेजुङ गोल्डकप फुटबलको उपाधिका लागि सलहेस र सगरमाथा युथ क्लब खेल्दै

 भदौ १०, २०८१ सोमबार ९:४३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सलहेस युथ क्लब सिरहा र सगरमाथा युथ क्लबबीच खेल हुँदैछ । यो खेल दिउँसो २ बजेपछि ताप्लेजुङको फुङलिङ मैदानमा हुनेछ । सलहेसले यसअघि सिमरा गोल्डकपमा ‘ए’ डिभिजन लिगको चर्च ब्वाइजलाई हराएको थियो ।

यस्तै, सगरमाथा युथ क्लब मोरङले राजारानी र सङ्खुवासभा गोल्डकपमा ह्याट्रिक गरिसकेको छ भने इटहरी गोल्डकप दुई पटक जितिसकेको छ । ताप्लेजुङ गोल्डकपको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया