सुक्खा बन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो

 भदौ १०, २०८१ सोमबार १३:१:३५ | रासस
unn.prixa.net

पर्सा – पर्साको सिर्सियामा रहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आर्थिक वर्ष २०८१/८२ मा पाँच अर्ब रुपैयाँले लक्ष्य घटाएको छ । कार्यालयले गएको दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा पाँच अर्ब रुपैयाँले लक्ष्य घटाएको हो ।

भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले बताउनुभयो ।

उहाँले गएको आर्थिक वर्षमा त्यसअघिको तुलनामा पाँच अर्ब रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गर्न सकेको भए पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन भने नसकेको बताउनुभयो । भन्सार विभागले आर्थिक वर्ष २०८०/८१ मा कार्यालयलाई ६५ अर्ब ९४ करोड एक लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले यो अवधिमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात्  ४७ अर्ब ३१ करोड एक लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

विभागले कार्यालयलाई आर्थिक वर्ष २०७९/८० मा पनि ६७ अर्ब ४३ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो । तर कार्यालयले लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत अर्थात् ४२ अर्ब ४० लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया