म्याग्दीको विद्यालयमा आधुनिक प्रविधि  'स्मार्ट बोर्ड' बाट पढाउन शुरू

 भदौ १०, २०८१ सोमबार १३:१८:४३ | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी – म्याग्दीकाे सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै 'स्मार्ट बोर्ड' बाट पढाउन थालेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा दुई वटा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो ।

यसका लागि गएको वर्ष बेनी नगरपालिकामा कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएपछि नगरपालिकाबाट प्राप्त गरेको तीन लाख रुपैयाँ पुरस्कार रकमबाट आवश्यक सामग्री खरिद गरिएको विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले समेत व्यक्तिगत रूपमा एक लाख ६० हजार रुपैयाँ खर्च गरेर एक थान स्मार्ट बोर्ड खरिद गरी विद्यालयलाई उपलब्ध गराउनुभएको छ । विद्यालयको शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया