मुख्यमन्त्रीको छड्के जाँचमा अस्पतालमा चिकित्सक भेटिएनन्

 भदौ १०, २०८१ सोमबार १५:२४:३९ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ ।

जलेश्वर अस्पताललाई ‘रेफर’ अस्पतालका रूपमा सुनिँदै आएको र फोन गरेपछि मात्रै चिकित्सक आउने गरेको सुनिँदै आएको जानकारी प्राप्त गरेका आधारमा मुख्यमन्त्री सिंह हिजो बेलुका छड्के जाँच तथा निरीक्षण गर्न अस्पताल पुग्नुभएको थियो । निरीक्षणका क्रममा आकस्मिक कक्षमा चिकित्सक अनुपस्थित हुनुका साथै चिकित्सकको ‘ड्युटी’ सम्बन्धी तालिका नदेखिएको उहाँले जानकारी दिनुभयो । अन्य स्वास्थ्यकर्मी पनि न्यून सङ्ख्यामा उपस्थित रहेका मुख्यमन्त्रीले सिंहले बताउनुभयो ।

छड्के निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले अबदेखि अस्पतालमा ड्युटीमा रहने चिकित्सकलाई ड्युटी अवधिभर अस्पतालमै बस्न निर्देशन दिएको बताउनुभयो । अस्पतालमा ड्युटी रहेका बेला निजी ‘क्लिनिक’ वा अन्य अस्पतालमा जाने चिकित्सकलाई कारबाही गरिने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया