क्यानडाले चीनबाट आयात भएका विद्युतीय गाडीमा शतप्रतिशत भन्सार शुल्क लगाउने

 भदौ ११, २०८१ मंगलबार ९:४४:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

क्यानडाले चीनबाट आयात भएका विद्युतीय गाडीमा शतप्रतिशत भन्सार शुल्क लगाउने भएको छ । अमेरिका र युरोपेली सङ्घले चीनका विद्यूतीय गाडीमा कर बढाउने घोषणा गरिसकेका छन् ।

अमेरिका र युरोपेली सङ्घकै नजिकको मित्र रहेको क्यानडाले चिनियाँ विद्युतीय गाडीको आयातमा एक सय प्रतिशत र स्टील तथा आल्मुनियममा २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । यी शुल्कहरू चीनबाट आयात भएका सबै विद्युतीय गाडीमा लागू हुनेछन् । जसमा टेस्लाले चीनमा बनाएका गाडी पनि समावेश छन् ।

गएको वर्ष क्यानडामा ४४ हजार तीन सय ५६ वटा चिनियाँ गाडीको आयात भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ४ सय ६० प्रतिशतले बढेर धेरै हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीन सरकारले त्यहाँका कम्पनीलाई दिएको अधिक सहुलियतको मारमा आफ्ना देशका कम्पनी नपरुन भनेर शुल्क लगाएको बताउनुभएको छ ।

क्यानडामा रहेको चिनियाँ दूतावासले यो कदमको विरोध गर्दै विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) को नियमहरूलाई क्यानडाले बेवास्ता गरेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनामा चिनियाँ विद्युतीय गाडीमा चार गुणा बढाएर शतप्रतिशत, अर्धचालक र सौर्य व्याट्रीमा कर दोब्बर गरी ५० प्रतिशत र अन्य रणनीतिक सामानहरूमा नयाँ २५ प्रतिशत करको घोषणा गर्नुभएको थियो ।

चीनमा बनेका सस्ता र आकर्षक विद्युतीय गाडी संसारभर लोकप्रिय बन्न थालेपछि चीनका प्रतिस्पर्धी देशले कर बढाइरहेका छन् । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया