नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
युद्ध शुरू भएपछिकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको एक दिनपछि रुसले युक्रेनमा अर्को चरणको आक्रमण शुरू गरेको छ । रुसले आज बिहानै हवाई आक्रमणको चेतावनी दिएको थियो ।
युक्रेनी अनुगमनकर्ताहरूका अनुसार ठूला ड्रोन आक्रमणसँगै रुसी विमानहरूले हाइपरसोनिक मिसाइलहरू प्रक्षेपण गरिरहेको छ । युक्रेनका हवाई रक्षा बलहरूले देशभर नै ब्यालिस्टिक हतियार आक्रमणको खतरा रहेको बताएका बीबीसीले जनाएको छ ।
रुसी रक्षा मन्त्रालयको विज्ञप्तिमा कीभ, ल्विभ, खार्किभ र ओडेसा क्षेत्रहरूसहित युक्रेनभरका पावर स्टेशनहरू र सम्बन्धित पूर्वाधारमा आक्रमण गरिएको बताइएको छ । यसअघि हिजो रुसले युक्रेनमा मिसाइल र ड्रोनमार्फत आक्रमण गर्दा ७ जनाको ज्यान गएको थियो ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले एक सयभन्दा बढी ड्रोन र मिसाइलबाट आक्रमण गरेको बताउनुभएको छ । रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा पनि आक्रमण गरेको उहाँले जानकारी दिनुभएको छ ।
रुसको आक्रमणपछि युक्रेनमा रेड अलर्ट जारी गरिएको छ । युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रका विभिन्न ठाउँमा प्रवेश गरेपछि रुसले आक्रमण तीव्र पारेको हो । रुस र युक्रेनबीच साढे दुई वर्षदेखि युद्ध भइरहेको छ ।
भूमि विवाद चर्किएपछि रुसले युक्रेनमा सन् २०२२ फेब्रअरी २४ देखि आक्रमण शुरू गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।