२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने
मंसिर ७, २०८१ शुक्रबार
म्याग्दी – म्याग्दी धवलागिरि हिमश्रृङ्खलाको मानापाथी हिमालबाट हिजो साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ को मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि आज बिहानदेखि बग्न थालेको हो ।
थासाङ–२ का वडाध्यक्षसमेत रहनुभएका गाउँ कार्यपालिकाका प्रवक्ता गौतम शेरचनले हिजो बिहानदेखि थुनिएको ठाउँबाट खोला बग्न थालेको बताउनुभयो । ‘ हिजो साँझ ५ः४५ बजेतिर खसेको हिउँपहिरो थुप्रिएर बोक्सी खोला पूरै सुकेको थियो’, उहाँले भन्नुभयो, ‘सामान्य अवस्थाको तुलनामा आधा जति बगेको खोलामा विस्तारै पानीको मात्रा बढ्दै गएकाले तटीय क्षेत्रमा सतर्कता अपनाएका छौँ ।’
खोँचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर विस्तारै बग्न थालेको शेरचनले बताउनुभयो । तटीय क्षेत्रका नौ वटा घरपरिवारलाई राति सुरक्षित ठाउँमा सारिएको थियो । पाखो र खोला किनारमा थुप्रिएको हिउँ पहिरोले मानवीय र भौतिक क्षति नगरेको थासाङ गाउँपालिका–२ का वडा सदस्य भीमप्रसाद थकालीले बताउनुभयो ।
बोक्सीखोलाको मूलखर्कदेखि तल करिब एक किलोमिटरसम्म हिउँपहिरो थुप्रिएको छ । सो ठाउँमा यही भदौ ७ गते दिउँसो पनि हिउँ पहिरो खसेको थियो । हिउँ पहिरोले थुनिएको बोक्सीखोला तीन घण्टापछि बग्न थालेको थियो । यसअघिकै हिउँको थुप्रो पग्लिएर नसकिँदै पुनः पहिरो आएर हिउँ थपिएको हो ।
बोक्सीखोला कालीगण्डकीको सहायक खोला हो । तीनवटा ठाडो खोला मिसिएर बोक्सीखोला बग्ने गर्छ । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन, वडाध्यक्ष शेरचनसहित सुरक्षाकर्मीको टोलीले हिउँपहिरो थुप्रिएको ठाउँको निरीक्षण गर्नुभएको थियो ।
हिउँ पहिरो थुप्रिएको ठाउँमा तलाउ छैन । हिउँ विस्तारै पग्लने भएकाले जोखिम कम हुने अनुमान गरिए पनि पूरै नपग्लिँदासम्म तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।
यसअघि वि.सं.२०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दा बढी चौँरीगाई मरेका थिए । पछिल्लो हिउँपहिरोबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासनले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।