भारतमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई माडी नगरपालिकाले सहयोग गर्ने

 भदौ १२, २०८१ बुधबार १४:५:३० | रासस
unn.prixa.net

चितवन – भारतमा पहिरोमा परी ज्यान गुमाएका चितवनकाे माडीका तीन जनाको परिवारलाई माडी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

गएको बिहीवार भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई नगरपालिकाले किरिया खर्च २५ हजार रुपैयाँ तत्काल उपलब्ध गराउने र अन्य आवश्यक सहयोग गर्ने भएको हो । यसअघि नगरपालिकाले भारतबाट शव ल्याउन पनि पहल गरेको थियो ।

सबै परिवारको अवस्था नाजुक रहेको हुँदा उनीहरूले काम गरेको कम्पनीबाट समेत राहत दिलाउन पहल गरिरहेको माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले जानकारी दिनुभयो ।

बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा गएकाे बिहीवार मध्यराति खसेको पहिरोमा परी चितवनकाे माडीका तीन जना र दैलेखका एक जना मजदुरको ज्यान गएको थियो । पेट्रोल पम्प र बाटो निर्माणमा श्रमिकका रूपमा काम गर्दै आएका उनीहरू पवनहंश हेलिप्याड नजिकको शिविरमा बस्ने गरेका थिए ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया