मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
इजरायली सेनाको आक्रमणमा वेस्ट बैंकमा कम्तीमा ११ जना प्यालेस्टिनी मारिएका छन् । इजरायलले आफूले कब्जामा लिएको वेस्ट बैंकको उत्तरी क्षेत्रमा ठूलो सैन्य कारबाही शुरू गरेको हो ।
अल–फरा शरणार्थी शिविरमा भएको हवाई आक्रमणमा ५ तथा जेनिनमा ड्रोन आक्रमण र सशस्त्र झडपमा ६ जना मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
इजरायली सेनाले जेनिन र तुलकार्ममा आतङ्कवादी गतिविधि नियन्त्रणका लागि अभियान चलाइरहेको बताएको छ । इजरायली सेनाको यो ठूलो अभियान रहेको तथा एकैसाथ ४ वटा प्यालेस्टिनी शहर– जेनिन, तुलकार्म, नब्लुस र तुबस लक्षित आक्रमण भइरहेको खबरमा उल्लेख छ ।
यसैबीच इजरायली सेना जेनिनमा रहेको अस्पतालमा प्रवेश गरेको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।