लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ...
मंसिर ७, २०८१ शुक्रबार
झापा – कोशीमा दुग्धजन्य वस्तुको बिक्री बढ्न थालेपछि डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ । डेरीबाट उत्पादन गरिएका नौनी घिउ, छुर्पी र पाउडर दूधको बिक्री बढ्न थालेपछि व्यवसायीहरूमा आशा पलाएको हो ।
नेपाल डेरी एशोसिएसनका वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले दसैँ तिहारसम्ममा मौज्दातमा रहेका दुग्धजन्य पदार्थको ५० देखि ६० प्रतिशत खपत हुने बताउनुभयो । सरकारले दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएसँगै उत्पादित सामग्रीले बजार पाएको हो ।
उहाँले कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानबाट सङ्कलन गरेको दूधको भुक्तानी एक महिनामात्र ‘होल्ड’ गरेर सबै भुक्तानी गर्दै आएको बताउनुभयो । डेरीको उत्पादन बिक्रि हुन थालेपछि किसान पनि उत्साहित बनेका छन् । ६ महिनाअघिसम्म कोशीका डेरी उद्योगमा नौनी घिउ, एसएमपी र छुर्पीको मौज्दात पाँच लाख किलोग्राम भन्दा धेरै रहेको थियो ।
विगतमा डेरीले दुध नकिन्दा र किनेको दुधको भुक्तानी नदिँदा कोशी प्रदेशका दुग्ध उत्पादक किसान पलायन भएका छन् । इलाम, पाँचथर, झापालगायत ठाउँमा सञ्चालित धेरै गाईफार्म बन्द भएका छन् । अहिले डेरीले दुध किन्ने र बेलैमा भुक्तानी दिन थालेपछि पलायन भएका किसान पेशामा फर्किने तयारीमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।