क्यानडामा गएको वर्षको आगलागीबाट सबैभन्दा धेरै कार्बन उत्सर्जन

 भदौ १३, २०८१ बिहीबार ९:४०:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

क्यानडामा गएको वर्ष भएको आगलागिले सबैभन्दा धेरै कार्बन उत्सर्जन गरेको पाइएको छ । सन् २०२३ मा क्यानडामा भएको आगलागीले क्यानडामा अहिलेसम्मकै धेरै र कयौँ औद्योगिक देशहरुको भन्दा धेरै कार्बन उत्सर्जन गरेको अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले प्रकाशित गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

वनमा लागेको आगोले झण्डै ६ करोड ४० लाख मेट्रिक टन कार्बन उत्सर्जन गरेको नासाका वैज्ञानिकहरूले बताएका छन् । यो परिमाण ठूलो औद्योगिक देशले वर्षभरी उत्सर्जन गर्ने कार्बनको परिमाण भन्दा पनि धेरै रहेको नेचर जर्नलमा प्रकाशित अध्ययनले देखाएको छ ।

अनुसन्धान टोलीले २०२३ को सेप्टेम्बरदेखि मे सम्म आगोको कार्बन उत्सर्जनको मात्रा निर्धारण गर्न उपग्रह अवलोकन र उन्नत कम्प्युटिङ प्रयोग गरेको थियो ।

क्यानडामा पाँच महिनाको अवधिमा भएको आगलागीले सन् २०२२ मा रुस वा जापानमा जीवाश्म ईन्धनबाट उत्सर्जन भएको भन्दा धेरै कार्बन उत्सर्जन गरेको उनीहरूले पत्ता लगाएका छन् । जीवाश्म इन्धन प्रयोगबाट उत्सर्जन भएको कार्बन भन्दा आगलागीबाट उत्सर्जन भएको कार्बनको असर कम भए पनि विश्वव्यापी जलवायुमा असर परिरहेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया