२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने
मंसिर ७, २०८१ शुक्रबार
जुम्ला – अविरल वर्षाले अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन दुई दिन लाग्ने भएको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र दहीखोलामा पहिरोले सडक पूरै भत्किएपछि पुनःनिर्माण गर्न दुई दिनसम्म लाग्ने सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।
यो वर्षमा साना ठूला गरी राजमार्गमा करिब ४० भन्दा बढी पटक पहिरो जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
राजमार्ग बन्द हुँदा जुम्ला, मुगु र कालिकोटबाट सुर्खेत, नेपालगञ्ज र काठमाण्डौ ओहोरदोहोर गर्ने गाडी बीचबाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो गएपछि माथिल्लो कर्णालीका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।