अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा एक जना पक्राउ

 भदौ १४, २०८१ शुक्रबार १२:४५:२१ | रासस
unn.prixa.net

तस्बिर : रासस

अमेरिका – अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन् । पाण्डेको टेक्सासको हयुष्टनमा गएको शनिवार हत्या भएको थियो । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

यसअघि त्यहाँको प्रहरीले पाण्डेको हत्यामा संलग्न व्यक्तिको सीसीटिभी फुजेटमा देखिएको तस्बिर सार्वजनिक गरेको थियो र उनलाई कसैले देखेको भए खबर गरिदिन अनुरोध गरेको थियो । यसको २४ घन्टा नहुँदै प्रहरीले शाहलाई पक्राउ गरेको हो ।

शाहले लुटपाटका क्रममा गोली हानी मुनाको हत्या गरेको अदालती कागजातमा उल्लेख छ । उनीविरुद्ध गैरकानुनी रूपमा हतियार बोकेको अभियोग पनि लागेको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया