लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिनको खेल वर्षाका कारण रद्द भएको छ । पाकिस्तानको रावलपिन्डीमा ठूलो वर्षाका कारण दोस्रो टेस्टको टस पनि हुन सकेन ।
आज खाना समयसम्म अम्पायरले मौसमको अवस्था हेरेको थिए तर लगातारको वर्षाका कारण अम्पायरले पहिलो दिनको खेल रद्द गर्ने निर्णय लिएका हुन् ।
पहिलो दिनको खेल रद्द भएसँगै पाकिस्तानलाई शृङ्खला जोगाइराख्न थप कठिन भएको छ । अब शृङ्खला जोगाउन पाकिस्तानलाई जम्मा चार दिनको समय बाँकी छ ।
बङ्गलादेशसँगको दुई खेलको टेस्ट शृङ्खलामा पाकिस्तान पहिलो टेस्टमा १० विकेटले पराजित भएको थियो । पहिलो टेस्टमा पाकिस्तानलाई हराउँदै बङ्गलादेशले इतिहास रचेको थियो । टेस्ट क्रिकेटमा बङ्गलादेशले पाकिस्तानलाई पहिलो पटक हराएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।