अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा कोशीले वालिङलाई ४–० गोलले हरायो । कोशीका लागि समिक्षा मगरले दुई तथा सन्जुमाया तामाङ र प्रतीक्षा राईले समान एक गोल गरे ।
प्रतियोगितामा भोलि सुदूरपश्चिम प्रदेश र बाग्मती युथ क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि शुरू भएको लिगमा कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, चन्द्रपुर नगरपालिका, सशस्त्र प्रहरीको बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, सङ्कटा क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, बाग्मती युथ क्लब र वालिङ नगरपालिका गरी १० वटा टोली सहभागी छन् ।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुन प्रतियोगिताको पहिलो चरणमा ४५ खेल हुनेछन् । सिङ्गल राउन्ड रोबिनमा शीर्ष ५ मा रहने टोलीबीच फेरि डबल राउन्ड रोबिनका आधारमा सुपर लिग खेलाइने छ । सुपर लिगमा २० खेल हुनेछन् । सुपर लिगमा उत्कृष्ट चार टोलीबीच क्वालिफायर, इलिमिनेटर र फाइनल हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी लिगको सर्वाेत्कृष्ट खेलाडीले एक लाख, फेयर प्ले टोलीले एक लाख ५० हजार र विधागत उत्कृष्ट टोलीलाई जनही ५० हजार रुपैयाँ दिने एन्फाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।