सर्पले डसेर कैलालीमा ५ वर्षीय बालककाे ज्यान गयाे, एक जना बिरामी

 भदौ १७, २०८१ सोमबार १८:२६:५५ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कैलाली – कैलालीमा सर्पले डसेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा धनगढी उपमहानगरपालिका–९ वनदेवी टोल बस्ने माया विकको पाँच वर्षीय छोरा अरुण रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार बालकलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेर घाइते भएका र उपचारका क्रममा राति २ बजेतिर सेती प्रादेशिक अस्पतालमा ज्यान गएको हो ।

त्यसैगरी गएराति नै सर्पले डसेर कैलालीको गोदावरी नगरपालिका–६ लालपुरका सागर विष्ट बिरामी हुनुभएको छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया