अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको तीनवटा खेलको एकदिवसीय क्रिकेट आज शुरू हुन लागेको हो ।
यस्तै दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल पर्सि बिहीवार हुनेछ । यसअघि दोस्रो खेल पर्सि बिहीवार र तेस्रो तथा अन्तिम खेल शनिवार हुने तय भएकामा नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ती निकालेर खेलतालिका परिवर्तन भएको जानकारी दिएको हो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले यही सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खला खेल्दैछ । यो श्रृङ्खलामा घरेलु टोलीसँगै नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ । यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने श्रृङ्खला हुनेछ । यो श्रृङ्खलामा घरेलु टोली अमेरिकासँगै नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल ४ खेलमा २ अङ्कसहित सातौँ स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा ६ जितसहित १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।