बाढीका कारण धरान उपमहानगरपालिकाका बस्ती जोखिममा

 भदौ १८, २०८१ मंगलबार १२:१३:२९ | रासस
unn.prixa.net

तस्बिर : रासस

सुनसरी – ठूलो वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । खहरे खोलामा बस्तीमाथिबाट लगातार बाढी आउने गरेपछि त्यहाँका स्थानीय बासिन्दाले रातभर सुत्न नसकेर जाग्राम बस्नुपरेको बताएका छन् ।

धरान–१३ की राधिका लिम्बूले घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको र कति बेला बाढी आएर बगाउँछ भन्ने डरले जाग्राम बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

हिजोदेखिको वर्षाले धरान–१३ का सात घरमा क्षति भएको छ भने झण्डै १० घर बढीको उच्च जोखिममा परेका वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिनुभयो । वर्षाका कारण तीन करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष काफ्लेले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया