काठमाण्डाै महानगरले पलेशालाई ५ लाख रुपैयाँसहित सम्मान गर्‍याे

 भदौ १९, २०८१ बुधबार १४:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऐतिहासिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाण्डौ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशालाई पाँच लाख र प्रशिक्षक कविराज नेगीलाई तीन लाख रुपैयाँसहित सम्मान गर्नुभएको हो । आज बिहान स्वदेश फर्किएकी पलेशालाई यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमा गराएको थियो ।

पेरिस पारालिम्पिक्समा पलेशाले के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो पदक हो ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया